सूचना :
बसाइ सराइ
सेवा प्रकार:
जाँदा
बसाइ सराइ गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र
परिवारको सवै सदस्यको नागरिकता भएमा र लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
आउँदा
बसाइ सराइ गरेर आउदा घरमुली वा सूचकको नागरिकता
लगत हस्तान्तरण फारम
१. अन्यत्र जिल्लाबाट बसाइ सराइ दर्ता प्रमाण-पत्र लिएर आएका र स्थायी घरजग्गा नभइ अस्थायी रुपमा बसोबास गरिरहेकाहरुको हकमा सम्बन्धिता गा.वि.स./न.पा. आफ्नो क्षेत्रमा त्यस्ता अस्थायी बसोवास गरेका परिवारहरुको लगत राखि अन्यत्र जिल्लाबाट ल्याएको बसाइ सराइ दर्ता प्रमाण पत्र र नागरिकताको आधिकारीकता एकिन गरि नेपाली नागरिक ठहरिएमा तिनिहरुको व्यक्तिगत घटना दर्ता गरिदिने ।
२. विभिन्न कारणबाट अन्यत्र जिल्लाबाट त्यस जिल्लाको गा.वि.स./न.पा क्षेत्रमा अस्थायी बसोबास गरि बसेका नेपाली नागरिकहरुको हकमा नगरपालिका/गा वि स स्तरमा लगत कायम गरि त्यस्ता परिवारका वालवालिकाहरुको जन्म दर्ता गरिदिने ।