FAQs Complain Problems

सूचना :

मृत्युदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरु: 

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि

सूचकको सहिछाप सहितको सूचना फारम

सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस

स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।

प्रक्रिया: 

घटना घटेको ३५ दिन भित्र सुचकले सम्बन्धित वडा कार्यालयमा गइ सुचना दिने तथा घटना दर्ता गराउने र प्रमाण पत्र बुझ्ने ।